रुकुम पश्चिम । रुकुम पश्चिममा गाउँपालिकाका अध्यक्षमाथि कुटपिट भएको छ ।
मङ्गलबार राति सुतिरहेको अवस्थामा मदिरा सेवन गरेको एक समूहले बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका हुन्।
सो समूहले ढुङ्गा प्रहार गर्दा अध्यक्ष केसीको टाउकोमा गम्भीर चोट लागेको छ । सो समूहले अध्यक्ष केसीको घरमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । अध्यक्षमाथि कुटपिट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।







