काठमाडौं । संबैधानिक परिषदको बैठक तेस्रो पटक पनि सरेको छ । प्रधानन्यायधीश सिफारिसका लागि आज ९ बजे बस्ने भनिएको बैठक फेरि सरेको हो ।
संभवतः आजै प्रधानन्यायाधीशको टुंगो लगाउने योजना भए पनि देउवाको अनुपस्थितमा बैठक स्थगित भएको हो ।
यसअघि बसेको संवैधानिक परिषद्को बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो।
सर्वोच्चका लागि न्यायपरिषद्ले दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम पठाएको छ। संवैधानिक परिषद्ले सोही नामबाट एक जनालाई भावी प्रधानन्यायाधीशको रुपमा सिफारिस गर्नुपर्नेछ।
बहालवाला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते अनिवार्य अवकाश पाउँदैछन्। उक्त पदमा नियुक्तिका लागि न्याय परिषद्ले जोशी र राणाको नाम पठाएको हो।
जोशी यसअघि नै सुनुवाइ समितिबाट अस्विकृत भएका थिए।