हिंसा न्यूनीकरणमा स्थानीय सरकार संवेदनशील हुनुपर्छ : अध्यक्ष शर्मा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हिंसा न्यूनीकरणमा स्थानीय सरकार संवेदनशील हुनुपर्छ : अध्यक्ष शर्मा


२३ मंसिर २०७५, आइतबार


काठमाडौं । राष्ट्रिय महिला आयोगले पछिल्लो एक वर्षमा एक हजार २७५ लैङ्गिक हिंसाका उजुरी आयोगमा दर्ता भएको जनाएको छ ।

आयोगले हिंसा न्यूनीकरण गर्न एक वर्ष अगाडि स्थापना गरेको हेल्पलाइनमा सो सङ्ख्यामा पीडितका उजुरी दर्ता भएका हुन् । आयोगमा आव २०७३/०७४ मा १२५ मुद्दा दर्ता भएका थिए । आयोगले आफ्ना साझेदार संस्था र अन्य निकायमार्फत ३०२ जनालाई कानूनी परामर्श दिएको छ । विगतमा हेल्पलाइनको व्यवस्था थिएन । हाल ११४५ मा फोन गरेर हिंसाबारे आयोलाई जानकारी गराउन सकिन्छ ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सम्बोधन पत्रिकाको आज विमोचन गर्दै दण्डहीनताका कारण दिन प्रतिदिन हिंसाका घटना बढ्दै गएकाले घटना न्यूनीकरण गर्न अब स्थानीय सरकार संवेदनशील हुनुपर्ने बताए ।

महिला आयोगका सचिव अनिलकुमार ठाकुरले हिंसासम्बन्धी घटना बाहिर आएपछि आफ्नो संस्थाले प्रभावितका लागि मनोसामाजिक, कानूनी, आश्रयगृह, बालसंरक्षण, अत्यावश्यक औषधोपचार, मध्यस्थता तथा अन्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस