कांग्रेस नेता सिंहको घरमा पौडेल पक्षीय बैठक « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कांग्रेस नेता सिंहको घरमा पौडेल पक्षीय बैठक


२३ मंसिर २०७५, आइतबार


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको चक्सिबारीस्थित घरमा पौडेल पक्षीय बैठक चलिरहेको छ ।

केन्द्रीय समितिको बैठकमा विधानमा फरक–फरक मत आएपछि छुट्टा – छुट्टै समूहमा छलफलका लागि बैठक बसेको जनाइएको छ।

वरिष्ठ नेता पौडेल,महामन्त्री शशाङ्क कोइराला, अर्जुनरसिंह केसी, नविन्द्रराज जोशी लगायतका नेताहरूको बैठक चलिरहेको छ।
आसन्न महासमिति बैठकमा समान धारणा बनाई विधान तयार गर्नका लागि नेताहरू बैठकमा जुटेका हुन्।

राजनीतिक प्रस्ताव मस्यौदा समितिको बैठक भने दिउँसो दुई बजे पार्टी कार्यालयमा बस्ने भएको छ।

प्रतिक्रिया दिनुहोस