२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी देश र समाजप्रति इमान्दार हुनुपर्ने : मन्त्री पण्डित

अ+ अ-

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी जस्तोसुकै कठिन परिस्थितिमा पनि देश र समाजप्रति इमान्दार रहनुपर्ने बताएका छन् ।

‘एकाउन्टबिलिटी ल्याब नेपाल’द्वारा आज यहाँ आयोजित ‘इन्टेग्रिटी आइडल नेपाल–२०१८’ प्रदान कार्यक्रममा उहाँले कर्मचारीले देशप्रति इमान्दार तथा समाजप्रति जिम्मेवार र उत्तरदायित्वलाई कहिल्यै बिर्सन नहुने बताए ।

उनले देश निर्माणमा कर्मचारीको ठूलो भूमिका रहने भएकाले आफ्नो सेवाप्रति पनि लगनशील हुनुपर्नेमा जोड दिए । मन्त्री पण्डितले कर्मचारीले इन्टेग्रिटी आइडल पाउनुले निराशाभित्र पनि आशाका किरण रहेको भन्दै कर्मचारीमा देशलाई बिर्सेर व्यक्तिगत चाहना पूरा गर्ने प्रवृत्ति रहेको बताए ।

“कर्मचारी जनताको कामभन्दा आफ्ना निजी कामका बढी तल्लीन हुने गरेर देश बिर्सने प्रवृत्ति रहेको छ’, उनले भने, ‘त्यस्तो प्रवृत्ति त्यागी देशप्रति कर्तव्यनिष्ट र इमान्दार कर्मचारी हुनु आवश्यक छ ।’उनले आइडल भएका कर्मचारीलाई सरकारले पनि चाँडै सम्मान गर्ने बताए ।

ल्याब नेपालले आज सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्ने ५ उत्कृष्ट कर्मचारीलाई आज आइडल प्रदान गरेको हो । सेवाग्राहीको कामप्रतिको मूल्याङ्कनका आधारमा तरकारी बाली विकास केन्द्र खुमलटार ललितपुरका वरिष्ठ बागवानी विकास अधिकृत अरुण काफ्ले, टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्य, युवा तथा खेलकूद मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद पौड्याल, बर्दियाका प्रजिअ रामबहादुर कुरुङवाङ र वीरेन्द्रनगर नगरपालिकाका नगर स्वास्थ्य कार्यालयमा कार्यरत अनमी सीताकुमारी शर्मालाई मन्त्री पण्डितले ‘आइडल’ प्रदान गरेका छन्।

कार्यक्रममा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले कर्मचारीमा नैतिकता खस्केको भन्दै जनताले कर्मचारीलाई लगाएको आरोपबारे कर्मचारीले सोच्नुपर्ने बताए । खराब व्यक्तिले संस्थालाई विकृति गराउने उल्लेख गर्दै उनले कर्मचारीमा इमान्दारिताको खाँचो रहेको बताए ।

आइडल छनोट समितिका सदस्य प्रशासनविद् काशीराज दाहालले ५ जना कर्मचारीभन्दा पनि बाहिर धेरै इमान्दार कर्मचारी रहेकाले अर्को पटक त्यस्ता कर्मचारीलाई आइडल छनोट प्रक्रियामा सहभागी गराइने बताए।

५ उत्कृष्ट कर्मचारीमध्ये एसएमएस र अनलाइन मतका आधारमा बर्दियाका जिल्लाका प्रमुख जिल्ला अधिकारी कुरुङवाङले सबैभन्दा बढी मत ल्याई सर्वोकृष्ट भएका थिए । कुरुङवाङले जनताप्रति उत्तरदायी भएर काम गर्ने हो भने सार्वजनिक प्रशासन क्षेत्रमा सुधार आउने बताए ।

आइडल भएका युवा तथा खेलकूद मन्त्रालयका उपसचिव पौड्यालले लगनशील, जनताको सेवाप्रति इमान्दार भएर काम गरे कर्मचारी प्रशासनमा सुधार आउने बताए । अर्का आइडल टीकापुरका प्रमुख प्रशासकीय अधिकृत आचार्यले आइडलले आफूलाई झन जनताका सेवाप्रति जवाफदेही बनाएको बताए ।

गत वर्ष पुसमा संस्थाले कर्मचारीलाई आवेदन दिन माग गरेकामा ७२ जिल्लाका एक हजार ६२ कर्मचारीले आवेदन दिएका थिए । छनोट समितिले ३० जना, १० हुँदै अन्तिममा ५ जना कर्मचारी छनोट गरेको थियो ।

आवेदन दिएकामध्ये ५ जनालाई कामप्रतिको जिम्मेवारी, उत्तरदायित्व, सेवाग्राहीसँगको व्यवहार जस्ता मापदण्डका आधारमा ती कर्मचारी रहेको ठाउँमा पुगेर अध्ययन गरेर मात्र छनोट गरिएको ल्याबका प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो । ल्याब नेपालले सन् २०१४ देखि इन्टेग्रिटी आइडल घोषणा गर्दै आएको छ ।