ड्रोन उडाउने २ विदेशी नागरिक प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ड्रोन उडाउने २ विदेशी नागरिक प्रहरी नियन्त्रणमा


२१ मंसिर २०७५, शुक्रबार


डोटी । स्थानीय प्रशासनबाट अनुमति नलिई ड्रोन उडाउदै गरेको अवस्थामा आज डोटीमा दुई जना डेनमार्कका नागरिकलाई प्रहरीले नियन्त्रमा लिएको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिका ६ सिलगढीबाट बिहान साढे सात बजे आकाशमा ड्रोन उडाईरहेको देखेपछी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक बिद्यानन्द माझीले बताए ।

प्रहरी नियन्त्रणमा रहेका बिदेशी नागरिकलाई कस्तो कारबाही हुने भन्ने विषयमा अहिले निर्णय भई नसकेको कारबाही प्रक्रियाको बारेमा नागरिक उडीयन प्राधिकरण लाई लेखि पठाएको हुदा माथीबाट जवाफ अनुसार कारबाही प्रक्रिया अघाडी बढाईने समेत उपरिक्षक माझिले बताए ।

पक्राउ पर्नेमा प्रबीन हर्जोथ र कारोलिन बोसिरुब रहेको समेत प्रहरीले जनाएको छ । श्रोतका अनुसार अन्तराष्ट्रिय गैर सरकारी संस्था एक्सन एडको कार्य क्षेत्रमा भए गरेका क्रियाकलापको छाउपडी प्रथा र बाल बिबाहको बारेमा डकुमेन्ट्री बनाउन डोटी पुगेको बताइएको छ। उनिहरुले ड्रोन क्यामेराबाट विभिन्न फोटो र भिडियो लिन लागेको बताइएको छ ।

उनिहरुका बारेमा विस्तृत रुपमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । एक्सन एडले डोटीमा सम विकास केन्द्र नेपाल सङ्ग साझेदारी गरेर कार्यक्रम सन्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस