२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुदान रकम जथाभावी बाँड्नु अनुचित

अ+ अ-

काठमाडौं । जमीनलाई केन्द्रीकृत नगरी जो कोहीलाई अनुदान रकम जथाभावी दिँदै गए प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल हुने धारणा व्यक्त गरिएको छ ।

सिंहदरबारमा आज बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको कार्यदलको बैठकमा पूर्व कृषिमन्त्रीसमेत रहेका सांसद हरिबोल गजुरेलले खण्डीकृत जमीनलाई एकीकृत गरी फार्म हाउसका रुपमा सहकारी वा कम्पनीमार्फत लगानी गर्न सरकारलाई सुझाव दिएका छन् ।

साँसद सत्यनारायण शर्मा खनालले युवालाई आर्कषित, दिगो कृषि बिकास र लगानीको प्रतिफल प्राप्त गर्न कृषिमा ठुला फार्महाउसको लगानी आवश्यकता रहेकोमा जोड दिए । सांसद घनश्याम खतिवडाले सीमित व्यक्तिको हातमा रहेको खेतीयोग्य जमीन बाँझो भएसम्म कृषिको परनिर्भरता नघट्ने भएकाले दिगो कृषि विकासका लागि बाँझो जमीनलाई भरपुर उपयोग गर्नुपर्ने बताए ।

बैठकमा सांसद सुरेशचन्द्र दास, भूपेन्द्रबहादुर थापा, शान्तिमाया तामाङ पाख्रिनलगायतले कृषिमा दिगो लगानीका लागि भूमिमा चक्लाबन्दीको आवश्यकता रहेकोमा जोड दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएको २ वर्ष नाघेको छ । यस अवधिमा करीब रु तीन अर्ब २३ करोड अनुदान वितरण भइसकेको छ । परियोजना २०८२ साल असारसम्म सञ्चालन हुन्छ ।

परियोजना अवधिसम्म रु १ खर्ब ३० अर्बको लगानी हुनेछ । आउँदो २०८२ साल सम्ममा रु २० खर्ब, ९५ अर्ब ७५ करोड मूल्य बराबरको रकम कूल गार्हस्थ्य उत्पादनमा योगदान पुग्ने विश्वास गरिएको छ । परियोजनाको प्रथम वर्षमा आंशिक ८ लाख, ७० हजार र स्थायी ४३ हजार ५०० रोजगारी सिर्जना भई अन्तिम वर्षसम्म पुग्दा आंशिक १० हजार र स्थायी २५ हजार ५०० व्यक्तिले रोजगारी प्राप्त गर्ने उल्लेख छ ।

आगामी २ वर्षमा तरकारी र माछामा, ३ वर्षमा धान, मकै, गहुँ र सात वर्षमा फलफूल बालीमा आत्मनिर्भर भई दिगो कृषि विकास हासिल हुने अपेक्षा परियोजनाले लिएको छ । आयोजना पकेट, ब्लक, जोन र सुपरजोन गरी चार भागमा विभाजन गरिएको छ । परियोजना अवधिभर पकेट ४ हजार ९६६, ब्लक ४५०, जोन ९० र सुपरजोन ९ वटा सञ्चालन गरी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणमार्फत नेपाललाई कृषिमा आत्मनिर्भर हुने उल्लेख गरिएको छ ।

परियोजनाको उद्देश्य कृषिउपजको विशिष्टिकृत क्षेत्रको निर्माण, निर्यातयोग्य कृषि वस्तुको मूल्य अभिवृद्धि, कृषिलाई सम्मानजनक, नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसर सिर्जना गर्ने र बहुसरोकारवाला निकायबीचको कार्यमूलक समन्वयमार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने अभिप्राय रहेको छ । बैठकमा परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेलले विस्तृत विवरणका बारेमा जानकारी दिएका छन् ।