सामाजिक सुरक्षा योजना प्रभावकारी हुने : सभामुख महरा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सामाजिक सुरक्षा योजना प्रभावकारी हुने : सभामुख महरा


२१ मंसिर २०७५, शुक्रबार


दाङ । सभामुख कृष्णबहादुर महराले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना प्रभावकारी हुने बताएका छन्।

घोराहीमा एक कार्यक्रममा बोल्दै उनले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान परिस्कृत हुँदै जानेमा जोड दिए।

आगामी फागुनसम्म कानून संशोधन गसिक्नुपर्ने चुनौती रहेको चर्चा गर्दै सभामुख महराले नेपालको सविधान २०७२ सँग बाँझिएका धेरै कानून अहिले पनि रहेकाले ती कानून आगामी हिउँदे अधिवेशनसम्ममा संशोधन नभए स्वतःखारेज हुने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस