२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिमा जापानी प्रविधि भित्र्याउन टोकियो युनिभर्सिटीसँग सम्झौता

अ+ अ-

काठमाडौं । नेपालको कृषि पद्धतिमा आधुनिक प्रविधि प्रयोग गर्ने प्रविधि सिकाउन नेपाल चेम्बर अफ कमर्स र जापानको टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबीच नौ बुँदे सम्झौता भएको छ ।

सम्झौता अनुसार जापानको टोकियो युनिभर्सिटीमा कृषि प्रविधि अध्ययनरत विद्यार्थीले चेम्बर अफ कमर्समा आबद्ध कृषि फार्ममा प्रशिक्षार्थीका रुपमा काम गरी आधुनिक प्रविधि हस्तान्तरण गर्नेछन् ।

सम्झौता पत्रमा चेम्बरका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र युनिभर्सिटीका तर्फबाट रिसर्च इन्ष्टिच्युटका निर्देशक डा. हिरोआकि वाकामात्सुले बिहिबार हस्ताक्षर गरे ।

चेम्बरका तर्फबाट जापानको टोकियो अवैतनिक दूतका रुपमा कार्यरत अन्तर्राष्ट्रिय कानूनका अधिवक्ता डा. बलराम श्रेष्ठको पहलमा सम्झौता भएको हो ।

सो अवसरमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले परम्परागत कृषि प्रणालीलाई आधुनिकतातर्फ लैजान सम्झौता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

सो युनिभर्सिटी विश्वकै दश उत्कृष्ट मध्येमा पर्ने सो अवसरमा जानकारी दिइयो । उनले कृषि प्रविधि पढ्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति लगायत सुविधा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । रासस