जलविद्युत् सर्वेक्षण अनुमति « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जलविद्युत् सर्वेक्षण अनुमति


२० मंसिर २०७५, बिहिबार


तेह्रथुम । खोरुङ्गा–ताङमाया खोलाबाट जलविद्युत् आयोजना निर्माणका लागि विद्युत् विकास विभागले तेह्रथुम पावर कम्पनीलाई सर्वेक्षण अनुमतिपत्र दिएको छ । उक्त कम्पनीले विशेष साधारणसभा गरी सो आयोजना निर्माणका लागि विभागमा निवेदन गरेको थियो ।

कम्पनीले उक्त आयोजना दुई हजार किलोवाटको हुने प्रस्ताव गरिएको छ । विभागले आयोजना निर्माणका लागि सर्वेक्षण गर्न अनुमति दिएको तेह्रथुम पावर कम्पनीका अध्यक्ष भूपतिलाल श्रेष्ठले बताए । उक्त कम्पनीले हाल साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ ।

सो आयोजनाको काम अन्तिम चरणमा पुगेको र नयाँ आयोजना निर्माणका लागि समेत प्रक्रिया अगाडि बढाइएको कम्पनीका प्रबन्ध निर्देशक मोहनकुमार डाँगीले बताए । जिल्लाकै सबैभन्दा ठूलो विद्युत् आयोजना मानिएको उक्त आयोजनाको निर्माण ६० प्रतिशत पूरा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस