२ चैत्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिँचाइ नहुँदा  ३० हजार ६८१ हेक्टर खेतीयोग्य जमीन बाँझो

अ+ अ-

तेह्रथुम । सिँचाइ अभावमा जिल्लाको ठूलो क्षेत्रफल खेतीयोग्य जमीन बाझो छ । वर्षामा वर्षेनी उतारचढाव हुँदा किसानले हिउँदे बाली लगाउन पाएका थिएनन् । वर्षा याममा पर्याप्त पानी नपर्दा बाली सुकेर किसान मारमा परेका थिए । जिल्लाको ३० हजार ६८१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जमीन बाँझै रहेको प्राप्त तथ्याङ्कमा उल्लेख छ ।

जिल्लाको औल क्षेत्रमा वपन पर्याप्त वर्षा नहुँदा किसानले हिउँदे बाली लगाउन नपाएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । लामो खडेरीका कारण जिल्लामा गहुँ, आलु, तोरी, हरियो तरकारी, फापर, जौ, जै घाँस, मकै घाँस, मकैलगायतको कृषि बाली प्रभावित भएको उनको भनाइ थियो ।

पीडितलाई अहिले प्रदेश र स्थानीय सरकारले राहतसमेत वितरण गरेका छन् । जिल्लामा अहिले आलु, तरकारी, गहुँ, तोरीलगायत खाद्यान्न र तरकारी बाली पूर्वी तराईबाट आयात भइरहेको छ । जिल्लामा करीब तीन हजार हेक्टर जमिनमा गहुँखेती हुने गरेको छ ।

आकाशे पानीको भरमा खेती गरिँदै आएका जिल्लाका ओख्रे, सुदाप, पञ्चकन्या, फाक्चारामा, हमरजुङ, म्याङलुङ, साब्ला, पिप्ले, जलजले, ओयाक्जुङ, सिम्ले, थोक्लुङ, चुहानडाँडा, संक्रान्तिलगायत दुई दर्जनभन्दा बढी गाउँका हजारौँ हेक्टर खेतीयोग्य जमीनमा अहिले बाँझै छन् ।

केही स्थानमा उम्रिएको आलु, हिउँदे मकै, गहुँ, जौलगायत बाली पनि सुकेर मर्न थालेको चुहानडाँडाका किसान कृष्ण बाँस्कोटाले बताए । लामो खडेरीका कारण खेतबारी र जङ्गलमा नयाँ घाँस नपलाउँदा पशुवस्तुको आहारमा समेत समस्या परेको किसान उनको भनाइ थियो ।

जिल्लाको ३७ हजार २८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीनमध्ये छ हजार ४६० हेक्टर क्षेत्रफल जमीनमा मात्र सिँचाइ सुविधा छ । रासस

प्रतिक्रिया दिनुहोस