जापानमा अमेरिकी लडाकु विमान ठोक्कीएर दुर्घटना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जापानमा अमेरिकी लडाकु विमान ठोक्कीएर दुर्घटना


२० मंसिर २०७५, बिहिबार


काठमाडौं । जापानमा दुई अमेरिकी विमान ठोक्कीएर दुर्घटना ग्रस्त भएका छन् । विमानमा सवार छ जना नौसैनिक वेपत्ता भएका छन् ।

अमेरिकी रक्षा विभागका अनुसार जापानको इवाकुनीस्थित मरिन कर्प्स एयर स्टेशनमा बिहीबार सी-१३० र एफ-१८ लडाकु विमान एकआपसमा ठोक्कीएका हुन् । समुद्री किनार भन्दा करिब तीन सय किलोमिटर टाढा दुर्घटना भएको छ ।

वेपत्ता सैनिकहरुको खोजीकार्य भइरहेको र जापानले पनि सैनिकहरुको खोजिका लागि चार वटा एयरक्राफ्ट र तीन जहाज परिचालन गरेको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार दुवै जाहाजले नियमित तालिमको क्रममा मरिन कर्प्स स्टेशनबाट उडान भरेका थिए ।

अमेरिकी नौसेनाको विज्ञप्तिअनुसार जापानमा ५० हजार सैनिक छन् यो दुर्घटना सामान्य होइन । गत नोभेम्बरमा पनि अमेरिकी नेभी लडाकु विमा जापानको समुद्रमा दुर्घटना भएको थियो । यद्यपि विमानमा सवार दुवै जना क्रु मेम्बरलाई सकुशल उद्धार गििरएको थियो ।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस