२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइने : मुख्यमन्त्री शाही

अ+ अ-

दुल्लु । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली जलविद्युत् आयोजना प्रदेश सरकारले निर्माण गर्न तयार रहेको बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टरद्वारा आज दैलेखमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘९ सय मेघावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरले लगानी जुटाउन असफल देखिएको छ, लगानी जुटाउन असफल भएकै कारण पटक–पटक म्यादसमेत थपिएको छ, अब पनि जिएमआर कम्पनीले लगानी जुटाउन नसके जिएमआरले छोड्नुपर्छ, कर्णाली प्रदेश सरकारले आफैं निर्माण गर्छ ।’

मुख्यमन्त्री शाहीले भारतसँग सीमा जोडिएको बाँकेको जमुनाह नाकादेखि चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकासम्म जोड्ने गरी निर्माण गर्न लागिएको दु्रत मार्गको सम्भाव्यता अध्ययन भइरहेको बताउँदै उक्त दु्रत मार्ग दैलेख हुँदै जानेमा विश्वस्त रहन सबैमा आग्रह गरे।

कर्णाली प्रदेशको समृद्धिका आधार पर्यटन रहेको उल्लेख गर्दै उनले त्यसका लागि सम्भावनाहरुको खोजी भइरहेको बताए । ‘दैलेखको दुल्लु क्षेत्रलाई ‘पर्यटकीयस्थल बन्दीपुर’ जस्तै बनाउनुपर्छ भनेका छौ’, मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीको गरीबी हटाउन स्रोतको खोजीसँगै सम्भावनाहरुको खोजी भइरहेको छ ।’

उनले समग्र कर्णालीको विकासका लागि तीनवटै तहका सरकार र यहाँ कार्यरत गैरसरकारी संघसंस्थासँग सरकारले हातेमालो गर्ने बताउँदै गैरसरकारी संघसंस्थाले होटलमा कार्यक्रम गरेर खर्च गर्ने रकम अब विकासका काममा लगाउन आग्रह गरे ।

आत्मनिर्भर मानसिकताको विकास गर्न जरुरी रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले नयाँ संरचना भएका कारण प्रदेशको बजेट कार्यान्वयनमा तत्काल केहि समस्या देखिए पनि विस्तारै अन्त्य हुने बताए । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना बनाएर काम अगाडि बढाइने पनि बताए ।

यसैबीच जिल्लाका सरकारी कार्यालयका कर्मचारीसँग गरिएको छलफलमा उनले बजेट कार्यान्वयनमा प्राथमिकता दिन, सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती नगर्न र नागरिकको सेवालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन पनि दिए ।