ललितपुरका ३ स्थानमा ट्राफिक बत्ती जडान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ललितपुरका ३ स्थानमा ट्राफिक बत्ती जडान


१९ मंसिर २०७५, बुधबार


ललितपुर । ललितपुर महानगरपालिकाका ३ स्थानमा पहिलो पटक ट्राफिक बत्ती जडान भएको छ ।

महानगरपालिकाले यार्सा टेक्नोलोजी कम्पनीको सहयोगमा कुपण्डोलदेखि जावलाखेलसम्मको स्थानमा ३ वटा ट्राफिक बत्ती राखेको हो । कुपण्डोलको उकालोे बाटो, महानगरपालिकाको कार्यालय अगाडि र अल्का अस्पताल छेउमा ट्राफिक बत्ती जडान गरेको महानगरले जनाएको छ ।

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आमनगरवासीको समस्याप्रति महानगरपालिका सधैँ चिन्तित रहेको बताए । महानगर क्षेत्रमा देखिएको ट्राफिक व्यवस्थापनको समस्या अन्त्य गर्न महानगरले बत्तीको व्यवस्था गरेको उनले बताए । उनले भने, यो कामलाई महानगरले निरन्तरता दिँदै जानेछ ।

दिनहुँ बढेको सवारी चाप व्यवस्थापनमा बत्तीले सहयोग गर्ने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । ट्राफिक व्यवस्थापनमा देखिएको समस्या अन्त्य गर्ने महानगरको योजना रहेको उनले बताए । उनले भने, सडक बत्ती राख्ने तथा ठाउँठाउँमा ट्राफिक लाइट राख्ने काम भइरहेको छ ।

महानगरपालिकाले नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा पुल्चोकदेखि कुपण्डोलसम्म विभिन्न स्थानमा ‘स्मार्ट बत्ती’ समेत जडान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस