भालुको आक्रमणबाट दुई घाइते « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भालुको आक्रमणबाट दुई घाइते


१९ मंसिर २०७५, बुधबार


धनगढी । डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छन् ।

घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताए । उनको शरीरभरि घाउ छ ।

यसैगरी बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते भएकी छन् । उनी घर नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा पपरेकी हुन् । आक्रमणबाट उनले एक आँखा गुमाउनुपरेको छ । गुदुखातीमा भालुको आक्रमणबाट थप स्थानीयवासी तीन घाइते भएको पीडित महिलाले बताए ।

घाइतेलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्ष्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस