फ्रान्समा इन्धनको मूल्य वृद्धिको निर्णय फिर्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

फ्रान्समा इन्धनको मूल्य वृद्धिको निर्णय फिर्ता


१९ मंसिर २०७५, बुधबार


काठमाडौं । फ्रान्स सरकारले इन्धनको मूल्य वृद्धिको निर्णय फिर्ता गरेको छ ।

फ्रान्सका हजारौं नागरिकले मूल्य वृद्धिविरुद्ध गरेको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले निर्णय फिर्ता लिएको हो ।

प्रधानमन्त्री एडोर्ड फिलिपले टेलिभिजन सम्बोधन गर्दै मूल्य वृद्धिको निर्णय तत्काल लागू नहुने घोषणा गरेका हुन् ।

६ महिनाका लागि मूल्य वृद्धिको निर्णय स्थगित गरिएको बीबीसीले जनाएको छ ।

फ्रान्समा डिजेलको मूल्य एक वर्षभिमा २३ प्रतिशतले वृद्धि गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस