भूमि समस्या समाधान गर्न सरकार गम्भीर : प्रधानमन्त्री ओली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भूमि समस्या समाधान गर्न सरकार गम्भीर : प्रधानमन्त्री ओली


१७ मंसिर २०७५, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमि सम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।

मोरङ जिल्लाका जनप्रतिनिधिहरूसँग आज सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले यसले जनताकै हितमा काम गर्ने बताएका छन्,– “यो जनताको सरकार हो । यसले जनताको हितमा काम गर्छ । त्यसका लागि जे जस्ता विरोध आए पनि सामना गर्न सरकार तयार छ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओली समक्ष मोरङको काने पोखरी, लेटाङ, बेलबारी, पथरीका प्रमुख , उपप्रमुखहरुले विशेष नापी खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याललाई तत्कालै उक्त क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिएका छन् । सँगै रहेकी मन्त्री अर्यालले त्यस क्षेत्रको जस्तै अन्य क्षेत्रमा पनि भएका जग्गा सम्बन्धी समस्या समाधान गर्न शक्तिशाली आयोग गठनको तयारी रहेको बताएकी छिन् ।

मोरङका जनप्रतिनिधिहरूले विशेष नापी गरी धनी पुर्जा वितरण गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न जनप्रतिनिधिहरू सांसद घनश्याम खतिवडाको नेतृत्वमा आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस