खाद्यसंस्थानका कर्मचारीलाई मन्त्री यादवको निर्देशन : व्यक्तिगत स्वार्थ भन्दा संस्था सुधार्नेतर्फ लाग्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

खाद्यसंस्थानका कर्मचारीलाई मन्त्री यादवको निर्देशन : व्यक्तिगत स्वार्थ भन्दा संस्था सुधार्नेतर्फ लाग्ने


१७ मंसिर २०७५, सोमबार


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल खाद्य संस्थानका कर्मचारीलाई संस्थाप्रति जिम्मेवार भएर प्रतिफल आउने गरी काम गर्न निर्देशन दिएका छन् ।

संस्थानको ४४औँ वार्षिकोत्सव कार्यक्रमा बोल्दै उनले कर्मचारीलाई व्यक्तिगत स्वार्थ पूरा गर्नभन्दा पनि संस्थालाई सुधार्नेतर्फ लाग्न निर्देशन दिएका हुन्।

मन्त्री यादले भने,“यो सरकारी संस्थान हो,  नागरिकको सेवा गर्ने काम यो संस्थानको पनि भएकाले चाडबाडको समयमा मात्रै नभई सधै नियमित अनुगमन गर्नुस्  ।” उनले अहिले अनुदानको चामल दुर्गम जिल्लामा पुर्‍याउने र कारागारमा चामल बेच्नेबाहेक अन्य काम नगरेको बताए ।

महाप्रबन्धक योगेन्द्र गौचनले  कर्मचारीले काम गर्ने शैलीलाई समयानुकूल नबनाई परम्परागतरुपमै गर्नुपर्दा नेपालका संस्थानले आशाअनुरुप काम गर्न नसकेको बताए ।

सञ्चालक समिति सदस्य रत्नराज पाण्डेले कर्मचारीमा सहकार्यको भावना पटक्कै नभएको बताए ।

कर्मचारी सङ्गठनका अध्यक्ष माधवप्रसाद यादवले दरबन्दीअनुरुप कर्मचारी नभएकाले पनि काम गर्न समस्या भएको बताए ।

प्रतिक्रिया दिनुहोस