त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक पक्राउ « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक पक्राउ


१७ मंसिर २०७५, सोमबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एकजना पक्राउ परेका छन् ।

दुबईको उडानद्वार नेपाल आएका भारतीय नागरिक राजेश गोविन भाई सगपरियालाई प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा फ्लाई दुबईको उडानद्वारा नेपाल आएका उनलाई सुनसहित पक्राउ गरेको जनाएको छ ।

उनको साथबाट भन्सार छली ल्याएको बाला एक थान र सिक्री दुई थान प्रहरीले बरामद गरेको छ ।

उनलाई सिक्री र बालासहित नियन्त्रणमा लिइ घटनाको अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस