‘लठ्ठै बनायो’ गीतको भिडियो सार्वजनिक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘लठ्ठै बनायो’ गीतको भिडियो सार्वजनिक


१७ मंसिर २०७५, सोमबार


काठमाडौं । डा. डी आर उपाध्यायको शब्द तथा सागर अधिकारी ‘शरद’को स्वर तथा सङ्गीत रहेको गीत ‘लट्ठै बनायो‘’ सार्वजनिक भएको छ ।

शाहस शाक्यको सङ्गीत संयोजन रहेको छ गीतको भिडियो डी आर म्युजिक युट्यु मार्फत सार्वजनिक गरिएको हो ।

सुनिल क्षेत्रीको निर्देशनमा रहेको गीतको भिडियोमा सुनिल आफैँ र अलिशा शर्मा फिचरिङ छन् । बुद्ध थापाको छायाँकन रहेको गीतको भिडियोमा विकाश ज्ञवालीको सम्पादन रहेको छ ।

डीआरको ‘नशालु’ एल्बममा रहेको यो गीत अनुसारको भिडियो पनि निर्माण भएको छ ।

साहित्यकार तथा गीतकार डी.आर. उपाध्यायले केही समय अघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गरिएको थियो ।

उनका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन गरिएको थियो ।

साहित्यकार डीआरका बिटुली, स्वार्थी, त्यागी, अपवित्र छायाँ, वज्रघात, भाग्यचक्र र अतिरिक्त जस्ता उपन्यास यसअघि नै पाठकमाझ आइसकेका छन् ।

यस्तो छ गीतको भिडियो

 

प्रतिक्रिया दिनुहोस