२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी संस्थानका कर्मचारी धर्नामा

अ+ अ-

काठमाडौं । नेपाल खानेपानी संस्थानमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको रोजगारी ग्यारेन्टी हुनुपर्नेलगायत माग राखी २४ वटै शाखामा १५ दिनदेखि कर्मचारीले धर्ना दिइरहेका छन् ।

संस्थानको प्रधान कार्यालय त्रिपुरेश्वरमा मङ्सिर २ गतेदेखि शुरु भएको आन्दोलनले कर्मचारीका माग पूरा नभएको भन्दै मङ्सिर १० गतेदखि संस्थानको २४ वटै शाखा कार्यालयमा बिहान १० बजेदेखि ११ बजेसम्म कार्यालय प्रमुख र लेखा प्रमुखको कार्यकक्ष घेराउ गरिएको संयुक्त कर्मचारी संघर्ष समितिका संयोजक रामजी अर्यालले राससलाई जानकारी दिए ।

रिक्त सञ्चालक समितिको अध्यक्ष मन्त्रालयबाट नियुक्ति गरिनुपर्ने, संस्थानमा हुने अनियमितता रोक्नुपर्ने, राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने, वि.सं. २०६६ मा खोलिएको विज्ञापनको पूर्ण कार्यान्वयन हुनुपर्ने, सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरिनुपर्ने, संस्थान दुहुनो गाई हुनबाट जोगाउनुपर्ने जस्ता माग राखेर गरिएको आन्दोलन माग पूरा नभएसम्म जारी रहने जनाइएको छ ।

संस्थानको कार्यक्षेत्र भद्रपुर, धरान, विराटनगर, राजविराज, लहान, जनकपुर, जलेश्वर, गौशाला, विरगञ्ज, गौर, मलंगवा, कलैया, पोखरा, बुटवल, भैरहवा, कृष्णनगर, तौलिहवा, बहादुरगञ्ज, धनगढी, नेपालगञ्ज, महेन्द्रनगर, हेम्जा, बनेपा, मिनरलवाटर कार्यालय पनौतीमा एक घण्टा धर्ना हुने गरेको छ ।

संस्थानमा कार्यरत करार कर्मचारीका साथै स्थायी कर्मचारीको पनि आन्तरिकरुपमा अनेकन समस्या रहेकोले सोको समाधानको लागि पनि आन्दोलन आवश्यक भएको नेपाल खानेपानी संस्थान कर्मचारी संघका महासचिव केदार धमलाले बताए । संस्थानमा कार्यरत ३५० करार र २०० स्थायी कर्मचारीको समस्या हल नहुँदासम्म आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ । रासस