२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्मेलनमा सरकारको संलग्नता भएकामा कांग्रेसको आपत्ति

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आयोजनामा काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारसमेत आयोजकको भूमिकामा संलग्न भएको भनी आरोप लगाएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको आजको बैठकले सम्मेलनमा सरकारको संलग्नता संविधानविपरीत भएको र राज्यको साधन एवं स्रोतको दुरुपयोग भएको भनी दुःख व्यक्त गरेको जानकारी दिए ।

बैठकले योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको सफलता भड्किलो शैलीको प्रचारले होइन परिपक्व र जिम्मेवार ढङ्गको व्यवस्थापकीय कुशलताबाट सम्भव हुने व्यावहारिक यथार्थप्रति सरकारको ध्यानाकर्षण गराएको छ । निर्णयमा भनिएको छ, “सरकार, रोजगारदाता र श्रमिक तीनवटै पक्षको उत्साहवद्र्धक भूमिकाबाट मात्र यसको सफल कार्यान्वयन हुने भरोसा प्रकट गर्दै प्रमुख प्रतिपक्षका रुपमा यसको सफलताका लागि काङ्ग्रेसको खबरदारी एवं आवश्यक साथ दुवै रहनेछ ।”

काङ्ग्रेसको सरकारका श्रममन्त्रीले सदनमा पेश गरेको विधेयक अहिले कार्यान्वयनको चरणमा प्रवेश गरेको जिकिर पनि प्रवक्ता शर्माले गरे । सो विषय नेपाल ट्रेड युनियन कांगे्रसले २०४८ देखि उठाउँदै आएको भन्दै उनले भने, “श्रमिक क्षेत्र नै मुख्य बधाईको पात्र छ, कांग्रेसका तर्फबाट हामी सम्पूर्ण श्रमिकलाई बधाई दिन चाहन्छौँ ।”