प्रहरी जवान मृत भेटिए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरी जवान मृत भेटिए


१६ मंसिर २०७५, आइतबार


दमक । इलाका प्रहरी कार्यालय दमकमा कार्यरत २४ वर्षीय प्रहरी जवान टेकराज पौडेल आज मृत भेटिएका छन् ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ घर भएका पौडेल दमक नगरपालिका–६ मा डेरा गरी बस्दै आएका थिए ।

उनी डेरामा मृत फेला परेको प्रहरीले जनाएको छ। डेरामा एक्लै बस्दै आएका पौडेल बिहान काम सकेर डेरामा फर्केका थिए ।

पौडेल तीन वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस