सामूहिक आलु तथा लसुन खेती « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सामूहिक आलु तथा लसुन खेती


१६ मंसिर २०७५, आइतबार


रामपुर । पाल्पा, पूर्वखोला गाउँपालिकाका महिलाहरु सामूहिक तरकारी खेती गर्न सक्रिय भएका छन् । शुभसन्देश महिला कृषि सहकारी संस्थामा आबद्ध महिलाले आयआर्जन वृद्धिका निम्ति सामूहिक रुपमा आलु तथा लसुन रोपेका छन् ।

पूर्वखोला–२ जल्पाको खान्तुङ खोलाको नजीकै ५४ रोपनी जग्गामा ५२ क्वीन्टल आलु तथा १०५ किलो लसुन रोपिएको समूहका अध्यक्ष चन्द्रिसरा रखालले जानकारी दिए । खाली रहेको जग्गाको सदुपयोग गरेर आयआर्जन वृद्धि गरी आत्मनिर्भर बन्नका निम्ति समूहका १५५ महिला लागेका छन् ।

कोही मल बोक्ने तथा कोही डल्ला फुटाउने गर्दा रमाइलो र सजिलोसमेत भएको महिलाले बताएका छन् । महिलाले पहिलो पटक पटक सामूहिक रुपमा खेती गर्दा निकै उत्साहित भएको वडाध्यक्ष नीरबहादुर सारुले बताए । गाउँपालिकाले अनुदानमा बीउ वितरण गरेपछि गाउँपालिकाका हेक्लाङ, वीरकोट, सिलुवा रिङ्नेरह, तथा सिलुवाका विभिन्न स्थानमा समेत सामूहिक खेतीको अभियान शुरु भएको गाउँपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस