शान्ति सुरक्षा कायम गर्न आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शान्ति सुरक्षा कायम गर्न आग्रह


१६ मंसिर २०७५, आइतबार


काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले भ्रष्टाचार अन्त्य गर्दै मुलुकमा शान्तिसुरक्षा कायम गर्न सरकारसँग आग्रह गरेका छन् ।

एक कार्यक्रममा बोल्दै डा. लोहनीले पछिल्लो पटक मुलुकमा दिन प्रतिदिन घटिरहेका बलात्कार र महिला हिंसा लगायत घटनाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सँगको पार्टी एकताले छिट्टै पूर्णता पाउने पनि अध्यक्ष डा. लोहनीको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस