बन्लान् त चोलेन्द्रशमसेर नयाँ प्रधानन्यायाधीश ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बन्लान् त चोलेन्द्रशमसेर नयाँ प्रधानन्यायाधीश ?


प्रशासन संवाददाता

१६ मंसिर २०७५, आइतबार


काठमाडौं । नयाँ प्रधानन्यायाधीशको सिफारिसका लागि सोमबार संवैधानिक परिषद्को बैठक बस्दैछ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेरका कारण पुस १७ गते अवकाश पाउँदैछन् । संविधानअनुसार प्रधानन्यायाधीश पद रिक्त हुनु एक महिनाअघि संवैधानिक परिषद्ले नयाँ व्यक्तिको सिफारिस गर्न लागेको हो ।

यसका लागि संवैधानिक परिषद्का सदस्यहरूलाई पत्राचार गरिसकिएको प्रधानमन्त्री तथा संवैधानिक परिषदको कार्यालयले जनाएको छ ।

यसअघि नै न्यायपरिषद् सचिवालयले प्रधानन्यायाधीश हुन योग्यता पुगेका दुई न्यायाधीश चोलेन्द्रशमसेर जबरा र दीपकराज जोशीको व्यक्तिगत विवरण संवैधानिक परिषद्मा पठाइसकेको छ । जसमा जोशी यसअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएको कैफियतमा जनाइएको छ ।

यसअघि संसदीय सुनुवाई विशेष समितिबाट जोशी अस्वीकृत भएपछि परिषद्ले मिश्रलाई सिफारिस गरेको थियो ।  स्रोतका अनुसार नयाँ प्रधानन्यायाधीशमा जबरा सिफारिस हुँदैछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस