सरकारले देखिने गरी काम गर्छ : नारायणकाजी श्रेष्ठ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

सरकारले देखिने गरी काम गर्छ : नारायणकाजी श्रेष्ठ


१४ मंसिर २०७५, शुक्रबार


विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले जनताको विश्वास जित्ने गरी काम गर्ने बताए ।

प्रवक्ता श्रेष्ठले सरकार गठन भएको छोटो अवधि भएकाले अहिल्यै कामको मूल्याङ्कन गर्ने समय नभएको प्रष्ट पारे । उनले पार्टीभित्र कुनै गुट नरहेको उल्लेख गर्दै कोही कसैले समूह निर्माण गर्न खोजे जरैदेखि उखेल्नु पर्नेमा जोड दिए ।

“व्यक्तिगत स्वार्थका आधारित पार्टी सञ्चालन हुनुहुँदैन, यसलाई निरुत्साहित बनाउनुपर्छ”, उनले भने । उनले निर्मला पन्तको बलात्कारपछि हत्या हुनु दुखद भएको उल्लेख गर्दै सङ्लग्न अपराधीलाई सरकारले पक्राउ गरी कानूनअनुसार कारवाही गर्ने विश्वास दिलाए ।

Tags :
प्रतिक्रिया दिनुहोस