२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ वर्षीय बालक हत्याका आरोपी विरुद्ध अपहरण र कर्तव्य ज्यान मुद्दा

अ+ अ-

काठमाडौं । गोङ्गबुका आठ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या आरोपी स्याङ्जा भिरकोटका महेन्द्र सार्कीविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला अदालत काठमाडौंबाट आज पाँच दिनको म्याद थप गरी सो मुद्दामा अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए । महानगरीय प्रहरी अपराध महाशाखाले आज उनलाई थप कारवाहीका लागि वृत्तमा पठाइएको छ ।

गोङ्गबुस्थित वीरेन्द्र–ऐश्वर्यमार्गको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका आठ वर्षीय छोरा प्रयासकोे अपहरणपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । होटल मालिकसँग तलब र जागिरको विषयमा विवाद हुँदा आवेशमा बालकको हत्या गरेको उनले स्वीकारेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। सार्की कुँवरका सवारी चालक हुन् ।

मङ्सिर ११ गते होटलमा कोही नभएका बेला चकलेट खान दिई आफ्नै गाडीमा हालेर महेन्द्रले प्रयासको अपहरण गरेका थिए । सोही दिन बेलुका पौने ७ बजे नागार्जुनको जङ्गलमा लगेर घाँटी थिचेर हत्या गरी सामाखुसी खोलामा फ्याँकेको प्रहरीले जनाएको छ । उनको बयानका आधारमा खोजी गर्दा गोङ्गबुको म्हैपी पुलमुनि बिहीबार बालकको शव फेला परेको थियो ।

निष्पक्ष छानबिन गर्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले प्रयासको हत्या घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई अविलम्ब कानूनी दायरा ल्याउन सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा बालकको हत्याभएको प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै घटनाको सत्यतथ्य छानबिन, दोषीलाई कारवाही र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।

आयोगले यस्ता घटनाबाट बालबालिका गम्भीर मनोवैज्ञानिक असर पर्न सक्ने भएकाले भविष्यमा यस प्रकारका घटना दोहोरिन नदिन एवं बालबालिकाको सुरक्षामा संवेदनशील बन्न आयोग सबै पक्षलाई आग्रह गरेको छ । आयोगका सदस्य गोविन्द शर्मा पौड्याल नेतृत्वको उच्चस्तरीय टोलीले घटनाको अनुगमन गरेको छ । टोलीले परिवारका आफन्त र स्थानीयवासीसँग जानकारी लिएको छ । घटनास्थल, त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभाग महाराजगञ्जमा पुगी घटनाको अनुगमनसमेत गरेको छ । रासस