निर्मलाको लागि न्यायको माग गर्दै तस्बिर टाँस्ने १२ युवा पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्मलाको लागि न्यायको माग गर्दै तस्बिर टाँस्ने १२ युवा पक्राउ


१४ मंसिर २०७५, शुक्रबार


काठमाडौं । निर्मलाको लागि न्यायको माग गर्दै तस्विर टाँस्दै हिँडेका १२ युवा पक्राउ परेका छन् ।

कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारवाहीको मागसहित निर्मलाको पोस्टर टाँस्दै हिँडेका १२ युवालाई माइतीघर मण्डलाबाट प्रहरीले पक्राउ गरेको हो ।

युवाहरुको समूहले १३ वर्षीया बालिका निर्मलाको हत्यारालाई पक्राउको माग गर्दै उनको तस्बिरसहितको पोस्टर टाँस्दै हिँडेको अवस्थामा पक्राउ गरेको हो ।  युवाहरुले पोस्टर टाँसिरहँदा प्रहरीले  माथिको आदेश भन्दै पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस