२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगर क्षेत्रभित्रका विकास आयोजनाबारे छलफल

अ+ अ-

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीसहितको टोलीले आज नगर क्षेत्रभित्र सञ्चालन हुने र भइरहेका विकास आयोजनाबारे छलफल गरेको छ ।

उपमहानगरपालिकाले एक्लै अघि बढाउन लागेका, प्रदेशले अघि बढाउन लागेका र सङ्घ, प्रदेश र उपमहानगरपालिकाको साझेदारीमा अघि बढ्न लागेका आयोजनाबारे छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

उपमहानगरपालिकाका तर्फबाट विकास आयोजनाका बारेमा प्रस्तुतिपछि मुख्यमन्त्री पोखरेलले विकास आयोजना अघि बढाउँदा बजेटको व्यवस्थापन एकद्वार प्रणालीबाट गर्नुपर्ने बताउँदै एउटै प्रक्रियाबाट आयोजना अघि बढाउनुपर्ने र स्रोतको झमेला अन्त्य गर्नुपर्नेमा जोड दिए ।

उपमहानगरपालिकाले जग्गा उपलब्ध गराइदिए उजिरसिंह रङ्गशाला प्रदेश सरकारले बनाइदिने बताउँदै उहाँले ऐतिहासिक जीतगढी किल्लालाई आकर्षक पर्यटकीय केन्द्र बनाउनका लागि अतिक्रमण हटाउन निर्देशन पनि दिए ।

मुख्यमन्त्री पोखरेलले जीतगढीको अतिक्रमण हटाए त्यहाँको भौतिक पूर्वाधारसहितको आकर्षक पर्यटकीय विकास प्रदेश सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, प्रमुख सचिव डा. तीर्थराज ढकाल, उपमहानगरपालिकाका प्रमुख सुवेदी, उपप्रमुख गोमादेवी आचार्यसहित वडाध्यक्ष र योजना प्रमुखलगायत सहभागी थिए ।