२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौवा–मेल्लेक सडक खण्डमा बस नचल्ने समितिको निष्कर्ष

अ+ अ-

डोटी । मौवा मेल्लेक सडकखण्डमा बस नचल्ने भएको छ । मंसिर ५ गतेदेखि संचालन हुने भनिएको मौवा मेल्लेक सडक खण्डमा तत्काल बस सेवा सुचारु गर्न नसकिने स्थलगत अनुगमन समितिको निष्कर्षसँगै तत्कालका लागि उक्त सडक खण्डमा बस नचल्ने भएको हो ।

शैलेश्वरी यातायात व्यवसायी संघले दिपायलदेखि डोटीको आदर्श गाउँपालिका–२ मौवा र सायल गाउँपालिका–६ मेल्लेक सडक खण्डमा बस सेवा सञ्चालन गर्ने तयारी गरेको थियो ।

अस्थायी रुट प्रमिटका लागि डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको अध्यक्षतामा मिति २०७५ साल मंसिर ४ बसेको बैठकले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष शर्माको संयोजकत्वमा सडक डिभिजन, यातायात तथा व्यवस्था सेवा कार्यालय, जिल्ला ट्राफिक कार्यालय र शैलेश्वरी यातायात कार्यालयको व्यक्ति सदस्य रहने गरी स्थलगत अध्ययन प्रतिवेदन पेस गर्ने निर्णय भएका थियो

प्रतिवेदन अनुसार तत्काल मौवा मेल्लेक सडक खण्डमा बस सेवा सञ्चालन गर्न नसकिने प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । उनले भने “अस्थायी रुट परमिट लागि कुरा आएको थियो हामीले स्थलगत अनुगमनको लागि समिति बनायौँ र समितिको प्रतिवेदन अनुसार खाल्टाखुल्टी ग्राविल गर्नुपर्ने, मोड सुधार गर्नुपर्ने, ग्रेड कम गर्नु पर्ने सोलिङ गर्नुपर्ने, क्याबिन वाल मर्मत गर्नुपर्ने लगायतका कामहरू गर्नु पर्ने देखिएको हुँदा सडकको सुधार र स्तरोन्नति नभई बस सञ्चालनको लागि अनुमति दिन सकिन्न ।” उनले बाटोको सुधार, मर्मत र स्तरोन्नतिमा सहयोग गर्नका लागि अनुगमन समितिको प्रतिवेदन सहित सम्बन्धित सडक क्षेत्रमा पर्ने स्थानीय तहहरूलाई पत्राचार गर्ने समेत बताए ।

अनुगमन समितिले गरेको स्थलगत अध्ययन पश्चात् तत्काल सो सडक खण्डमा बस सेवा सञ्चालन गर्न नसकिने निष्कर्ष निकालेको शैलेश्वरी यातायात व्यवसायी संघ डोटीका अध्यक्ष गणेश मलासीले जानकारी दिए । उनले भने “हामीले डोटीका ग्रामीण सडकहरूमा बस सेवा सञ्चालन गर्नका लागि पहल गरेका थियौँ तर बाटोको अवस्था सुधार नहुँदा तत्काल बस सञ्चालन गर्न सकिँदैन, स्थानीय तहसँग बाटो सुधारको लागि पटक पटक समन्वय सम्पर्क गर्दा पनि सोचे अनुसारको काम हुन सकेको छैन, बाटो सुधारमा स्थानीय तहले जिम्मा लिनु पर्छ हामी बस चलाउन तयार छौँ ।”

दिपायल देखि मौवा २६ किलोमिटर र मौवा देखि मेल्लेक ५ किलोमिटर रहेको उक्त सडक खण्ड दिपायल सिलगढी नगरपालिका, आदर्श गाउँपालिका र सायलगाउँपालिकाका बडाहरूलाई जोड्ने मुख्य सडक हो ।

शैलेश्वरी यातायात व्यवसाय संघले बाटो परीक्षणको लागि कात्तिक २८ गते ना४ख३३६४ नम्बरको बस मौवा मेल्लेक खडक खण्डमा पठाएको थियो । हाल उक्त सडकमा ५ सिट पास भएका बोलेरो जिपहरू सञ्चालनमा रहेका छन् ।

हेर्नुस निर्णय :

प्रतिक्रिया दिनुहोस