राज्यले शिक्षाको मार्गचित्र स्पष्ट गर्नुपर्छ : मुख्यमन्त्री शाही « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राज्यले शिक्षाको मार्गचित्र स्पष्ट गर्नुपर्छ : मुख्यमन्त्री शाही


१३ मंसिर २०७५, बिहिबार


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राज्यले शिक्षाको मार्गचित्र स्पष्ट गर्नुपर्ने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगद्वारा आज यहाँ आयोजित ‘सुझाव सङ्कलन कार्यशालामा’ उनले सबै कुराको सूक्ष्म अध्ययन गरेर नीति बनाउन र त्यसलाई योजनामा ढालेर कार्यान्वयन प्रक्रियामा जोड दिनेतर्फ केन्द्रित हुन आयोगलाई सुझाव दिए ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका लागि नयाँ पाठ्यक्रम आवश्यक छ भन्दै त्यहीअनुसार निर्माण गरेर अघि बढ्ने सोच प्रदेश सरकारले बनाएको बताए ।

सामाजिक विकासमन्त्री दल रावलले तीनै तहका सरकारलाई सम्बोधन हुन र गरीबमुखी शिक्षा नीति अख्तियार हुनुपर्ने आवश्यकता औँल्याए ।

आयोगका सदस्य श्यामकुमार श्रेष्ठले सातवटै प्रदेशबाट प्राप्त हुने प्रतिवेदनका आधारमा गुणस्तरीय शिक्षामा सबैको पहुँच बढाउने नीति ल्याएर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस