२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलविद्युत् कम्पनीले सर्वसाधारणलाई पहिल्यै साधारण शेयर दिन सक्ने

अ+ अ-

काठमाडौं । जलविद्युत् कम्पनीले स्थानीय आयोजना प्रभावितलाई साधारण शेयर बिक्री नगरिकनै आम नागरिकलाई बिक्री गर्न पाउने भएको छ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट । निर्देशिका संशोधन गरी नयाँ व्यवस्था गरिदिएको हो । रसुवागढी तथा साञ्जेन जलविद्युत् कम्पनीको पहलमा बोर्डले नयाँ व्यवस्था गरेको हो । ती कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा ऋणदाता संस्थाका कर्मचारीलाई सीमित साधारण शेयर बिक्री गरिसकेको छ ।

कम्पनीले आयोजना प्रभावित रसुवावासीलाई साधारण शेयर बिक्रीको तयारी गरेको थियो तर रसुवाका स्थानीय तह तथा जिल्ला समन्वय समितिले तत्काल आफूहरु साधारण शेयर खरीद गर्न नसक्ने अवस्था रहेको भन्दै बोर्डलाई विशेष अनुरोध गरेको थियो । सोही अनुरोधका आधारमा बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकामा सामान्य संशोधन गरेको हो । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाले आफूहरुले सर्वसाधारणलाई शेयर बिक्री गर्ने गरी विवरणपत्र तयारीको क्रममा रहेको जानकारी दिए ।

स्थानीयवासीको मागलाई सम्बोधन गर्दै रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले अब कूल पूँजीको १५ प्रतिशतका दरले हुने साधारण शेयर आम सर्वसाधारणलाई पहिला बिक्री गर्नेछ । त्यसपछि मात्रै आयोजना प्रभावित रसुवावासीलाई बिक्री गरिनेछ ।

बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । स्थानीयले कुनै कारणवश शेयर किन्न नचाहे वा कम्पनीले पहिला सर्वसाधारणमा निष्काशन गर्ने इच्छा देखाए आवश्यक निर्णय गर्न सक्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।

बोर्डले गत कात्तिक १२ गते नै उक्त निर्देशिका संशोधन गरेको बोर्डका प्रवक्ता नीरज गिरीले जानकारी दिए । स्थानीयवासीभन्दा अघि सर्वसाधारणलाई शेयर निष्काशन गरे त्यस्ता संस्थाले आयोजना प्रभावितका लागि निष्काशन गर्ने शेयरको प्रत्याभूति गर्नुपर्ने व्यवस्था भने गरिएको छ । नयाँ व्यवस्थाअनुसार जलविद्युत् कम्पनीले सार्वजनिक निष्काशन गरेको छ महीना वा विद्युत्को उत्पादन शुरु हुनुभन्दा तीन महीनामा जुन पहिला हुन्छ सो समयभित्र स्थानीयलाई शेयर दिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । सोही प्रावधानका आधारमा अब रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी गरेको प्रमुख कोइरालाले जानकारी दिए । रासस