काठमाडौं । कांग्रेस महामन्त्री शशांक कोइरालाले गुट बैठक बालाएका छन् ।
विधानबारे छलफल गर्न पौडेल र सिटौला गुटका नेताहरुको बैठक बोलाएका हुन् ।
भोलिबाट शुरु हुने कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा विधान संशोधन मस्यौदा समितिको प्रस्तावमाथि छलफल हुनेछ ।
यसअघि मंगलबार कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेस नेताहरुलाई घरमा बोलाएर लञ्च मिटिङ गरेकी थिइन् ।







