विद्यालयका लागि महायज्ञबाट २ करोड « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

विद्यालयका लागि महायज्ञबाट २ करोड


प्रशासन संवाददाता

१२ मंसिर २०७५, बुधबार


कावासोती । अनाथ, असाहाय र अति विपन्न परिवारका बालबालिकालाई आवासीय सेवा र सुविधासहित निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ गरी विद्यालयले करिव रु १ करोड ७५ लाख सङ्कलन गरेको छ ।

नवलपरासी मध्यविन्दु नगरपालिका–१ सेतापानीमा रहेको शान्ति आधारभूत विद्यालयले आयोजना गरेको शैक्षिक महोत्सव एवं धान्याञ्चल गीताज्ञान महायज्ञमा नगद र भूमिदान गरी सो रकम सङ्कलन गरिएको हो । सङ्कलित रकमबाट विद्यालयको शैक्षिक सुधार र भौतिक पूर्वाधारमा खर्च गरिने विद्यालयका प्राधानाध्यपक दधिराम सापकोटाले बताए।

दुई सय ६५ विद्यार्थीले विद्यालयमा अध्यन गर्दै आएका र निजी स्रोतबाट दश शिक्षक राख्नुपरेको र उनीहरुको तलब जुटाउन समेत अप्ठ्यारो परेकाले महायज्ञ आयोजना गरिएको उनको भनाइ थियो । विद्यालयले निजी स्रोतका शिक्षकका लागि मासिक रु १ लाख १० हजार खर्च गर्दै आए पनि विद्यालयको आफ्नो आम्दानीको कुनै स्रोत नभएकाले समस्या हुँदै आएको प्रधानाध्यापक सापकोटाले जानकारी दिए ।रासस

 

Tags :
प्रतिक्रिया दिनुहोस