अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूतबीच भेट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूतबीच भेट


११ मंसिर २०७५, मंगलबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीबीच भेटवार्ता भएको छ । मंगलवार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको थियो ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताए । उनले जलविद्युत, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालका प्राथमिकता भएको पनि बताए ।

राजदूत बेरीले मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपालको पूर्वाधारमा लगानीका लागि स्थायी सरकार बलियो आधार भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस