सेवा गुणस्तरीय बनाउने प्रयासमा अध्यागमन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सेवा गुणस्तरीय बनाउने प्रयासमा अध्यागमन


९ मंसिर २०७५, आइतबार


काठमाडौं । अध्यागमन विभागले आफ्नो काम कारवाहीमा चुस्तता ल्याउने प्रयास थालेको छ ।

विभागका महानिर्देशक ईश्वर पौडेलका अनुसार विगतमा विभागको काम कारवाहीमा विभिन्न टीकाटिप्पणी उठ्ने गरेकाले त्यसलाई समाधान गर्दै उच्चस्तरको सेवा दिन काम कारवाहीमा सुधारको प्रयास थालिएको हो । सोही अभियानअन्तर्गत विभागका १०० भन्दा बढी कर्मचारीलाई सेवा गुणस्तरीय बनाउने उद्देश्यले आज तालीम प्रदान गरिएको महानिर्देशक पौडेलले जानकारी दिए । गुणस्तरीय सेवा र प्राविधिक विषयमा जानकारी दिन पौडेलसहित विभागका निर्देशक तथा विभिन्न क्षेत्रका इञ्जिनीयरले कर्मचारीलाई प्रशिक्षण दिएका छन् ।

देशको पहिचान दिलाउन विभागको भूमिका महत्वपूर्ण हुने र विदेशी आगन्तुक पाहुना पहिलो पटक विभागमा ठोक्किन आइपुग्ने हुँदा यहाँको काम कारवाहीलाई सुधार आवश्यक छ भन्ने निष्कर्षका साथ यो अभियान अगाडि बढाइएको हो । विभागलाई समयसापेक्ष बनाउने विश्वस्तरको सेवा दिन सरकारकोसमेत उच्च प्राथमिकता रहेको बताउँदै महानिर्देशक पौडेलले विभिन्न उच्च प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा दिइने छ भने । रासस

प्रतिक्रिया दिनुहोस