२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी

अ+ अ-

काठमाडौं । नेपालको उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको २० खर्ब ३३ अर्ब लगानीमध्ये ५५ प्रतिशत बढी रकम ऊर्जाजन्य उद्योगमा लगानी रहेको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिए।

विभागका अनुसार नेपालका एक हजार ३० ठूला उद्योगमा १४ खर्ब ५२ अर्ब, एक हजार ६४० मझौला उद्योगमा एक खर्ब ४९ अर्ब र ४२ हजार ७२३ लघु, घरेलु तथा साना उद्योगमा चार खर्ब ३२ अर्ब लगानी रहेको सिंहले जानकारी दिए ।

यसमा स्वदेशी लगानीका मझौला तथा साना उद्योग र विदेशी लगानीका सबै उद्योग रहेका समावेश छन् । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी उत्पादनमूलक र सेवामूलक उद्योग रहेका छन् । त्यसपछि कृषि तथा वन पैदावरका उद्योग पर्दछन् । सङ्ख्यात्मकरूपमा कम भए पनि ऊर्जामा लगानी बढेको सिंहले जानकारी दिए।

दर्ता भएका उद्योगमा लगानीको अवस्था हेर्दा ऊर्जामूलक उद्योगमा ५५ दशमलव ३१ प्रतिशत, उत्पादनमूलक उद्योगमा २३ दशमलब ६० प्रतिशत, सेवामूलक उद्योगमा आठ दशमलव ६२ प्रतिशत लगानी छ । पर्यटन उद्योगमा भने न्यून लगानी (छ दशमलब ६८ प्रतिशत) रहेको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । अन्य उद्योगमा लगानी न्यून छ । नेपालका यी उद्योगले ३१ लाख ८१ हजार ८१ हजार ४९६ जनालाई रोजगारी दिएको महानिर्देशक सिंहको भनाई छ ।

विदेशी लगानी दुई खर्ब ६८ अर्ब

विभागले दिएको जानकारीअनुसार चार हजार ५०० उद्योगमा कूल दुई खर्ब ६८ अर्ब विदेशी लगानी रहेको छ । विदेशी लगानीमध्ये २८९ ठूला उद्योगमा एक खर्ब ९० अर्ब, ४०० मझौला उद्योगमा २६ अर्ब र तीन हजार ७९० उद्योगमा ५१ अर्ब लगानी रहेको महानिर्देशक सिंहले जानकारी दिए ।

असार मसान्तसम्ममा विदेशी लगानी स्वीकृतिका हिसाबले सबैभन्दा बढी सेवामूलक उद्योगमा छ । जसअन्तर्गत एक हजार ५०२ वटा उद्योग दर्ता छन् । दोस्रोमा पर्यटनतर्फ एक हजार ३७१ होटल रेष्टुरेन्टमा लगानी छ । उत्पादनमूलक उद्योग एक हजार १०६ रहेको विभागले जनाएको छ । यसबाहेक ऊर्जा, निर्माण, खनिज तथा सूचना तथा सञ्चार क्षेत्रका उद्योगमा विदेशी लगानी रहेको विभागले जनाएको छ ।

लगानी प्रतिशत हेर्दा विदेशी लगानी पनि सबैभन्दा बढी ऊर्जा क्षेत्रमा ४६ दशमलव ०८ प्रतिशत छ । यस्तै उत्पादनमूलक उद्योगमा १७ दशमलव ९९ र सेवामूलक उद्योगमा १७ दशमलव ८२ प्रतिशत रहेको छ । पर्यटनमा ११ दशमलव ४ प्रतिशत छ भने अन्य क्षेत्रमा ५ प्रतिशत भन्दा कम छ ।

उद्योग क्षेत्रको विकासमा सम्भावना बढ्दै गएको भन्दै विभागले राजनीतिक स्थिरता, नीति निर्माणमा सुनिश्चितता र निरन्तरता, जलविद्युत् उत्पादन र ऊर्जाको पर्याप्तताले पनि वातावरण राम्रो रहेको जनाएको छ ।

रुग्ण उद्योग सञ्चालन, रोजगारदाता र मजदुरबीचको विवाद, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, कम गुणस्तरका उत्पादनले पनि अप्ठ्यारो अवस्था भने कायमै छ ।

सरकारले यसरी उद्योगको वातावरण राम्रो बन्दै गएको दाबी गरे पनि लगानी गर्ने वातावरण ‘डुइङ बिजिनेस’मा नेपाल पाँच अङ्कले तल झरेको विषयलाई आधार मान्दै व्यवसायीले भने अझै लगानी गर्ने वातावरण नभएको दाबी गर्दै आएका छन् ।

उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोपालप्रसाद तिवारीका अनुसार सरकारकै तथ्याङ्क हेर्दा पनि नेपालमा साना तथा मझौला उद्योगको हिस्सा ७६ प्रतिशत र रोजगारी भने ७४ प्रतिशत रहेको तर लगानीका हिसाबले हेर्दा साना उद्योगमा पाँच प्रतिशत मात्रै रहेकाले पनि ठूला उद्योग सञ्चालन नगरेसम्म रोजगारी वृद्धि गर्न सकिँदैन ।

आज उद्योग दिवस मनाइरहँदा उनले नेपालमा चलेका उद्योगमध्ये ५० प्रतिशत उद्योग पूर्ण क्षमतामा चल्न नसकेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराए। २०७१ सालदेखि आजको दिनलाई उद्योग दिवसको रूपमा सरकारले मनाउँदै आएको छ ।

कूल गार्हस्थ उत्पादनमा विगतमा उद्योगले १० प्रतिशतमाथि योगदान दिएकोमा अहिले पाँच प्रतिशतमा झर्नुले पनि सकारात्मक सङ्केत नभएको दाबी तिवारीको छ । राजश्वको योगदान भने सन् २००१ मा कूल गार्हस्थ उत्पादनमा ११ प्रतिशत रहेकोमा सन् २०१७ मा पुग्दा २४ प्रतिशत पुगेको भए पनि रोजगार विकास गर्ने क्षेत्रको योगदान घट्दै जानुले पनि सकारात्मक नदेखिएको उनले बताए।

मुलुकभित्र उत्पादन वृद्धि गरी राजश्व बढाउन नसकिएको व्यवसायीको भनाइ छ । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नीतिगत समस्या रहेकाले पनि उद्योगको विकास प्रभावकारी हुन नसकेको भन्दै सरकार यसतर्फ गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औँल्याउँछन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव यमकुमारी खतिवडाले सरकार परिणाममुखी कामका लागेको भन्दै पछिल्लो समयमा उद्योगमैत्री नीति ल्याउन प्रक्रिया अघि बढेको बताए । उनले देखिएका समस्यामा निजी क्षेत्रसँग सहकार्यगर्दै समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन् । यसमा सहकार्य गर्न समेत निजी क्षेत्रलाई उनले आग्रह गरेका छन्।