काभ्रेमा ५ वर्षीय बालकको हत्या « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काभ्रेमा ५ वर्षीय बालकको हत्या


९ मंसिर २०७५, आइतबार


काभ्रे । काभ्रेमा ५ वर्षीय बालकको हत्या भएको छ ।

महाभारत गाउँपालिका –२ गोकुलेमा पाँच वर्षीय विजय घिसिङको हत्या गरी फालिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

‘गत कात्तिक २६ गतेदेखि हराएका बालकको तीन दिनपछि सातविसे खोल्साको ढुंगामाथि लास भेटिएको प्रहरीले जनाएका छन् ।

शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको छ ।

स्थानीयले जंगली जनावरको आक्रमणबाट मारिएको दावी गरेका छन् । तर प्रहरीले भने घाँटी थिचेर हत्या भएको अनुमान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस