काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि धेरैलाई लागेको थियो- अब सचिवहरूको व्यवहार तथा काम गर्ने तौरतरिका सुध्रिन्छ । तर, भयो ठ्याक्कै उल्टो । न उनीहरूको व्यवहार सुध्रियो त त काम गर्ने तौरतरिका नै ।
यसका भुक्तभोगी हुन्, नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का नेता योगेश भट्टराई । उनले ट्विटमार्फत् सचिवको पारा पुरानै रहेको बताएका छन् ।
‘प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयका हाकिमले अलिअलि हात, खुट्टा र दिमाग चलाउँछन् कि भन्ने आशा पलाएको थियो, हिजो एउटा मन्त्रालयमा गएको त आङ पनि पो चलाएनन् त ! उही पुरानै पारा– यो भएन, यो शब्द मिलेन ! प्रमको निर्देशनले पनि काम गर्दैन भने अब सोच्नुपर्यो– कुन औषधी चलाउने हो ?’ गत बिहीबार भट्टराईले ट्विट गरेका छन् ।
केही दिनअघि प्रधानमन्त्रीले सचिवहरूलाई कार्यसम्पादन सजग र क्रियाशील भई परिवर्तित ढंगबाट गर्न निर्देशन दिएका थिए ।
सम्बन्धित समाचार : सविचहरूलाई प्रधानमन्त्रीका १७ निर्देशन : ‘अभिभारा पूरा गर्न सकिएन भने गम्भीरता ल्याउँछ’
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं वजेटको कार्यान्वयन सम्बन्धि सिँहदरवारमा तीन दिनसम्म आयोजित समिक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक दिनजसो अनुभुति हुनेगरी जवाफदेहीतासहित काममा केन्द्रित हुन निर्देशन दिइरहे ।
सम्बन्धित समाचार : मन्त्री र सचिव काममा केन्द्रित होउ– प्रधानमन्त्री
हेर्नुहोस् भट्टराईको ट्विट
प्रधानमन्त्रिको निर्देशन पछि मन्त्रालयका हाकिमले अलि अलि हात, खुट्टा र दिमाग चलाऊँछन कि भनेर आशा पलाएको थियो,हिजो एउटा मन्त्रालयमा गएको त आँङ पनि पो चलाएनन त ! उहि पुरानै पारा- यो भएन,यो शब्द मिलेन ! प्रमको निर्देशनले पनि कामगर्दैन भने अब सोच्नु पर्यो कुन औषधी चलाऊने हो ?
— Yogesh bhattarai (@yogesbhattarai) November 23, 2018