मन्त्री र सचिव काममा केन्द्रित होउ –प्रधानमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्री र सचिव काममा केन्द्रित होउ –प्रधानमन्त्री


प्रशासन विशेष ब्युरो

८ मंसिर २०७५, शनिबार


प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीले मन्त्री र सचिवहरुलाई काममा केन्द्रीत हुन हुन निर्देशन दिएका छन् ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं वजेटको कार्यान्वयन सम्बन्धि समिक्षा बैठकलाई शनिबार सिंहदरवरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले र जवाफदेहीतासहित काममा केन्द्रित हुन निर्देशन दिएका हुन्

काममा परिणाम नआउने, काम नगर्ने तर प्रतिवेदनमात्र चुस्त बनाउदा जनताले सेवाको अनुभुती नगर्ने भएकोले परिणाम देखिने गरी काम गर्नुहोस् -प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने ।

प्रधानमन्त्री ओलीले तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समिक्षा नभइ कार्यन्वयनको अवस्थाको जानकारी लागि भएको बताएका छन्।

“यो बैठक परिकल्पनाको समिक्षा होइन, सरकारका नीति,कार्यक्रम र बजेटको हालसम्मको कार्यन्वयनको अवस्था थाहा पाउनका लागि आयोजना गरिएको हो,”-प्रधानमन्त्री ओलीले भने “मन्त्रालयहरु केही न केही रचनात्मक हुन खोजेका छन् । कार्यन्वयनको राम्रै सुरुवात भएको छ । तर यसलाई तिव्रता दिनुहोस् । ”

वर्तमान सरकार सफल हुनै पर्ने भएकोले सबैले त्यहीअनुसार काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । सफल हुनका लागि सबै अवयवहरुलाई चुस्त बनाउनु पर्दछ । हरेक कुराको परिणाम देखिनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले अनावश्यक र रहरका आधारमा विदेश भ्रमण नगर्न मन्त्री र सचिबलाई निर्देशन दिएका छन् ।

सरकारले मितव्ययी नीति लिएकोले हरेक कुरा कम खर्चमा सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन छ ।

शनिबारको समिक्षा बैठकमा गृह मन्त्रालयका सचिव प्रेम कुमार राई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले आफ्नो आफ्नो मन्त्रालयको प्रगति विवरण पेश पेश गरेका थिए ।

यसैगरी रक्षा सचिव बिष्णु प्रसाद लम्साल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलीया, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धि बहादुर खड्का, कानुन, न्याय तथा संसदीय मामिला सचिव राजीव गौतम र अर्थ मन्त्रालयका सचिव राजन खनाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले मन्त्रालयको प्रगति विवरण पेश गरेका थिए ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका उपाधक्ष्य डा. पुष्प कडेंलले पनि आफ्ना भनाइ राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस