Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

फ्रान्समा हिंसात्मक प्रदर्शन, पेट्रोलियम पर्दाथको मूल्यवृद्धिको विरोध


प्रशासन संवाददाता

९ मंसिर २०७५, आइतबार


नेपाल आयल निगम

काठमाडौं । इन्धनको मूल्य वृद्धिको विरोधमा फ्रान्समा भएको विरोध प्रदर्शनले हिंसाको रुप लिएको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको छ ।

पेट्रोल र डिजेलको मूल्य अस्वाभाविक बढाएको भन्दै फ्रान्सका जनताले सरकारविरुद्ध १ सातादेखि प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनकारीले राजधानी पेरिसको शान्ज एलीज इलाकाका निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको थियो । प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । तर आक्रोशित समूहले केही गाडीहरुमा आगजनी र तोडफोड गरे भने प्रहरीमाथि ढुंगामुढासमेत गरे ।

इन्धनको मूल्य वृद्धिको विरोधमा फ्रान्समा हजारौं प्रदर्शनकारीहरुले पहेंलो रंगको ज्याकेट लगाएर सरकारविरुद्ध सडकमा उत्रिएका छन् । उनीहरुले राष्ट्रपति इनम्यानुएल म्याक्रोको राजीनामा माग्दै नाराबाजी गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन ३ हजारभन्दा बढी प्रहरीहरु तैनाथ गरिएको छ ।

फ्रान्सका गृहमन्त्री क्रिष्टोफर कास्टानेयरले दक्षिणपन्थी रीसेम्बलमेन्ट नेशनल पार्टीका नेता मेरीन ले पेनको उक्साहटमा प्रदर्शनकारीहरु एकजुट भएको दाबी गरेका छन् । उनले मेरीनलाई बेइमानको आरोपसमेत लगाएका छन् ।

फ्रान्समा चल्ने धेरैजसो कारमा डिजेल प्रयोग हुन्छ । फ्रान्समा विगत एक वर्षयता डिजेलमा २३ प्रतिशतले मूल्यवृद्धि भएको छ । यो मूल्य सन् २००० पछिकै उच्च हो । सरकारले भने अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यका कारण र बिजुलीबाट चल्ने गाडीहरुलाई प्रोत्साहन गर्नका लागि इन्धनको मूल्य बढाउनु परेको जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस