वीरगञ्ज । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले वीरगन्जमा महिलाहरूमाथि दुर्व्यवहारमा संलग्न सशस्त्र प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
उनले महिलाहरुमाथि दुर्व्यवहार भएको भन्दै तत्काल कारबाही गरेर प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिएका हुन् ।
बिहीबार साँझ वीरगन्ज–रक्सौल नाकामा अवैध ढंगले मालसमान ओसारपसार गरेको अभियोगमा सशस्त्र प्रहरीका जवानले महिलाहरूलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाईरल भएको थियो ।
शसस्त्र प्रहरीका जवानले महिलामाथि गरेको दुव्र्यवहारको चौतर्फि बिरोध भएको थियो ।