Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सानिमा बैंकका कर्मचारीसहित तीन अख्तियारको हिरासतमा


७ मंसिर २०७५, शुक्रबार


अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्जी सिफारिस पत्र बनाएको अभियोगमा बैंकका कर्मचारीसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सानिमा बैंक एकान्तकुनाका कर्मचारी सनिश सापकोटा, अर्थ कवच वचत तथा ऋण सहकारी संस्था न्यूरोडका प्रवन्ध निर्देशक नवदुर्गा ढुंगेल र निर्देशक सुरेश कुमार थापा रहेको छन् ।

चन्दनकृष्ण कायस्थको बुढानिलकण्ठको ४० आना जग्गाको किर्ते जग्गाधनी खडा गरी बिक्री गरेको प्रकरणमा खरिदकर्ता ध्रुव प्रसाद भट्टराई समेतले ६ करोड ऋण लिएको भनी फर्जी सिफारिस पत्र बनाएको अभियोगमा ढुंगेल र थापालाई पक्राउ गरिएको आयोगका सहसचिव एव‌ं प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

सोही प्रकरणमा ६ करोड दाखिला भएको फर्जी बैंक भौचर बनाई प्रमाणित गरी ध्रुव प्रसाद भट्टराईलाई दिएको अभियोगमा सानिमा बैंक एकान्तकुनाका कर्मचारी सनिश सापकोटालाई अनुसन्धानको सिलसिलामा आयोगले पक्राउ गरी हिरासतमा राखेको प्रवक्त्ता दंगालको भनाई छ ।

उक्त केशमा ८ जना पुर्पक्षको लागि थुनामा रहेका छन् भने मालपोतका प्रमुख सहित ८ जना कर्मचारी आयोगको हिरासतमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस