Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री हुने


७ मंसिर २०७५, शुक्रबार


काठमाडौं । जोशी हाइड्रो पावर कम्पनीले १४ करोड ४८ लाख ४६ हजार बराबरका साधारण शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले यही मङ्सिर १६ गतेदेखि साधारण शेयर बिक्रीको तयारी गरेको हो । कम्पनीको शेयर छिटोमा मङ्सिर १९ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म रहेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई गत कात्तिक १८ गते साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले तीन लाख ७१ हजार ४०० कित्ता अर्थात तीन करोड ७१ लाख ४० हजार बराबरको शेयर छु्याएकको थियो । त्यसमा प्रति शेयर एक सय अंकित दरको एक लाख २९ हजार ३९० कित्ता मात्रै आवेदन परेको थियो ।

स्थानीयबासीले आवेदन नगरेको शेयर समेत आम सर्वसाधारणलाई बिक्रि गरिनेछ । कम्पनीले इलाममा तीन मेगावाट क्षमताको माथिल्लो पिलुवा एक जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको छ ।

आयोजनाको कूल लागत ५५ करोड ३५ लाख रहेको छ । यस आधारमा प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रहेको छ ।

आयोजनाले विद्युत विकास विभागबाट २०७० सा जेठ १२ गते विद्युत उत्पादन अनुमति प्राप्त गरेको थियो । त्यस आधारमा सो आयोजनाको स्वाम्त्वि ३१ वर्ष कम्पनकिो नाममा रहनेछ ।

आयोजनाको सर्वसाधारणमा लगानी फिर्ता हुने अवधि ११ वर्ष रहेको छ । आर्थिक अवस्थाको विश्लेषण् गर्ने इक्रा नेपालका अनुसार कम्पनीको अवस्था कमजोर रहेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस