राष्ट्रपतिका लागि गाडी प्रकरण : १८ करोडको एउटै गाडी नभई अगुवा पछुवा र एम्बुलेन्स –प्रवक्त्ता बास्कोटा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिका लागि गाडी प्रकरण : १८ करोडको एउटै गाडी नभई अगुवा पछुवा र एम्बुलेन्स –प्रवक्त्ता बास्कोटा


प्रशासन विशेष ब्युरो

६ मंसिर २०७५, बिहिबार


राष्ट्रपतिका लागि गाडी

काठमाडौँ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले राष्ट्रपति, उपराष्ट्रपतिजस्ता सम्मानित संस्थालाई गाडी तथा कार्यालय व्यवस्थापनको विषयलाई लिएर अपमानित गर्न खोजिएको भन्दै त्यसको खण्डन गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको सवारी किन्न लागिएको भन्दै सामाजिक सञ्जाल र मिडियामा समेत व्यापक विरोध भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले उक्त विषयको खण्डन गरेका हुन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका बास्कोटाले राष्ट्रपतिमाथिको आरोप निराधार भएको बताए। राष्ट्रपतिमाथि लगाइएका सम्पूर्ण आरोपमा कुनै सत्यता छैन,ु प्रवक्ता बास्कोटाले भने, ‘१८ करोड एउटै गाडीको मूल्य नभई एउटा बुलेट प्रुफ गाडीसँगै अगुवा पछुवा, एम्बुलेन्स र वैकल्पिक व्यवस्थाका लागि हो।’

गणतन्त्रको जीवित संकेत नै राष्ट्रपति, उपराष्ट्रपति रहेको उल्लेख गर्दै मन्त्री बास्कोटाले लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरूले नकारात्मक प्रचार गरिएको बताए । स्थापित हुन लागेका संस्थाहरूलाई बदनाम गराउने र लोकतन्त्रको मर्म महत्त्व र अस्तित्वलाई कमजोर बनाउने उद्देश्यले नागरिक र केही बौद्धिक समुदायबाट यस्ता नकारात्मक टिप्पणी गरिएका हुन्

राष्ट्रपति र उपराष्ट्रपतिबाट माग नभएको बताउँदै मन्त्री बास्कोटाले सो व्यवस्था सरकारको दायित्व भएको उल्लेख गरे।

Tags :
प्रतिक्रिया दिनुहोस