२८ हजार नगदसहित ६ जुवाडे पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२८ हजार नगदसहित ६ जुवाडे पक्राउ


६ मंसिर २०७५, बिहिबार


वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाबाट २८ हजार नगदसहित ६ जुवाडेलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–५, पटनीका १९ वर्षीइ दीपनरायण महतो, सखुवाप्रसौनी गाउँपालिका–६ , लखनपुरका ३५ वर्षीय मुखतार मिया र २५ वर्षीय जोखु राउत, सखुवाप्रसौनी– ५, बलुवाका रामगुलाम प्रसाद यादव, सखुवाप्रसौनी गाउँपालिका वडा नं ५ महुवन बस्ने जयराम राउत र सखुवाप्रसौनी–५ बलुवाका २६ वर्षीय दिनेश राम छन् ।

उनीहरुलाई सखुवाप्रसौनी गाउँपालिका–५, बलुवास्थित जलान्धर यादवको घरमा कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले २८ हजार ७ सय ५ रुपैयाँ नगद, १६ थान कौडा, २ थान मोबाइल समेत बरामद गरिए छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कर्यालय पर्साको हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस