सशस्त्र प्रहरी हवल्दार घुससहित अख्तियारको नियन्त्रणमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सशस्त्र प्रहरी हवल्दार घुससहित अख्तियारको नियन्त्रणमा


५ मंसिर २०७५, बुधबार


अख्तियार

काठमाडौं । सशस्त्र प्रहरी सहायक हवल्दार पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल, हेडक्वाटर नं. ८ गण मुझेलिया, धनुषामा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार चन्देश्वर गिरी ११ हजार घुससहित पक्राउ परेका हुन् ।

गिरीलाई नेपाल भारत सिमा बजारबाट सामान ल्याउन सहज गराइदिने बाहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिएकोले ११,००० बिगो कायम गरिएको छ । निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को ‘क’ बमोजिम जरिवाना र कैद सजाय हुने गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस