बसको ठक्करबाट एकको मृत्युु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

बसको ठक्करबाट एकको मृत्युु


५ मंसिर २०७५, बुधबार


घोडाघोडी । कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियामा बसले ठक्कर दिँदा आज एकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ६ ख ६३५५ नम्बरको बसले आज बिहान ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

पैदलयात्री कैलालीको भजनीनगरपालिका–६ महादेवलीका आशाराम चौधरी रहेको इलाका प्रहरी कार्यालय बौनिया प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले जानकारी दिए ।

बस र चालकलाई इलाका प्रहरी कार्यालय लम्किले नियन्त्रणमा लिएको शाहीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस