नेता नेपाल स्वदेश फिर्ता « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नेता नेपाल स्वदेश फिर्ता


५ मंसिर २०७५, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल बेलायतको भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् ।

बेलायतमा भएको विभिन्न कार्यक्रममा सहभागी भई उनी आज फर्केका हुन् ।

बेलायतमा पूर्वप्रधानमन्त्री नेपालले पार्टीको कामसँगै गैरनेपाली आवासीय सङ्घ, ब्रिटिश गोरखा सैनिक र यति नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । नेपाल कात्तिक २९ गते बेलायत गएका थिए ।

प्रतिक्रिया दिनुहोस